१५ करोडमा बनेको एनिमेटेड फिल्म ‘महावतार नरसिंह’ सय करोड क्लबमा

मुम्बई। एनिमेटेड फिल्म महावतार नरसिंह रिलिज हुँदा धेरैलाई यो फिल्मको बारेमा धेरै थाहा पनि थिएन । यस फिल्मको बारेमा कुनै चर्चा थिएन तर माउथ पब्लिसिटीले यो फिल्मलाई १०० करोड क्लबमा पुर्‍याएको छ।

यसले बलिउडका ठूला फिल्महरूलाई पछाडी छाडेको छ र यसको बक्स अफिस कलेक्सन रोकिने वाला देखिएको छैन्। विशेष कुरा के छ भने फिल्मले साताका दिनमा पनि राम्रो कमाइ गरिरहेको छ । जसका कारण १०० करोड क्लबमा सामेल हुन १२ दिन मात्र लागेको थियो ।

होम्बले फिल्म्सको ब्यानरमा बनेको महावतार नरसिंहा गत जुलाई  २५ मा हलमा रिलिज भएको थियो । त्यतिबेला सिनेमा हलमा ‘सायरा’ को चहलपहल थियो, त्यसैले ‘महावतार नरसिंहा’ले यति ठूलो कलेक्सन गर्छ भनेर कसैले सोचेका थिएनन् ।

महावतार नरसिंहलाई समीक्षक र दर्शकले निकै रुचाएका छन् । फिल्मले पहिलो दिनमै कम कमाई थियो तर माउथ पब्लिसिटी पछि त्यसयता बढ्दै गएको छ । सैकनिल्कको प्रारम्भिक प्रतिवेदन अनुसार महावतार नरसिंहाले १२ औँ दिन ७ करोड ७५ लाख संकलन गरेको छ । जस पछि फिल्मको कुल कलेक्सन १०६.०५ करोड पुगेको छ ।

महावतार नरसिंह जम्मा १५ करोडको बजेटमा बनेको फिल्म हो । अहिले सय करोडभन्दा बढी सङ्कलन भइसकेको छ । यो फिल्मबाट निर्मातालाई धेरै फाइदा भएको छ । यसवाट हैसिएका निर्माताले थप अरू फिल्म बनाउने घोषणा गरेका छन् ।

निर्माण पक्षले अब महावतार नरसिंह फ्रेन्चाइजका थप ६ वटा चलचित्रको घोषणा गरेको छ । यसको रिलिज मिति पनि सार्वजनिक भएको छ । २०२७ मा ‘महावतार परशुराम’ आउनेछ, त्यसपछि २०२९ मा ‘महावतार रघुनंदन’, २०३१ मा ‘महावतार द्वारकाधीश’, ‘महावतार गोकुलानन्द’ सन् २०३३ मा आउँदैछ र अन्त्यमा २०३५ मा ‘महावतार कल्की पार्ट १’ आउँदैछ । यी फिल्मलाई लिएर निर्माताहरु निकै उत्साहित छन् ।