काठमाडौं । संघीय संसद अन्तर्गतका तीन समितिका बैठक बस्दैँछ ।
संघीय संसद सचिवालय भवन, सिंहदरवारमा बस्नेछन ।
जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ । बिहानको दिनको २ः०० बजे बस्नेछ ।
उता, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा दफावार छलफल हुनेछ ।
साथै, महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिले दिएका निर्देशन कार्यान्वयनको अवस्था सम्बन्धमा छलफल गरिनेछ । जुन बैठक बिहान ११ः०० बजे सुरू हुनेछ ।
प्रतिक्रिया