दरमखोला हाईड्रो इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिन आज अन्तिम मौका

काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खरिदका लागि आवेदन दिने आज (साउन २९ गते) अन्तिम दिन रहेको छ। कम्पनीले आम सर्वसाधारणका लागि साउन १५ गतेदेखि कुल २९ लाख १९ हजार ५०० कित्ता शेयर निष्कासन गरेको हो।

नेपाल धितोपत्र बोर्डबाट प्राप्त स्वीकृतिअनुसार कम्पनीले प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यमा कुल ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन गर्न पाउने अनुमति पाएको थियो।

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कुल जारी पूँजीको १०–१० प्रतिशत शेयर छुट्याएर निष्कासन गरिसकेको छ।

न्यूनतम १०, अधिकतम ५०,००० कित्तासम्म आवेदन
सर्वसाधारण लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

आवेदन दिने माध्यम
आईपीओमा आवेदन दिन चाहने लगानीकर्तालेः

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनीहरूको शाखा कार्यालयहरूमार्फत

वा सिडिएससीको मेरो शेयर (Mero Share)  अनलाइन प्लेटफर्म प्रयोग गरी
आवेदन दिन सक्नेछन्।

नोटः यदि तपाईँले अझै आवेदन दिनुभएको छैन भने, आजको दिनभित्र प्रक्रिया पूरा गर्नुहोला। समयसीमा नछुटाउनुहोस्।