जबरजस्ती बलात्कर आराेपमा वली पक्राउ

घोराही उपमहानगरपालिका-१८ नवलपुरका २३ वर्षीय सन्तोष वलीलाई १६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले बिहीबार राति पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङले प्राप्त उजुरीका आधारमा वलीलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।