देउवासङ्ग तीनबुँदे सहमति गरेपछि बागमतीका मुख्यमन्त्री लामाले भाेली राजिनामा दिदै

काठमाडौं । नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवासँग तीन बुँदे सहमति गरेपछि बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा दिने भएका छन् ।

आज सभापति देउवा निवास बुढानीलकण्ठमा भएको भेटपछि भोलि राजीनामा दिन तयार भएको छलफलमा सहभागीएक बताए।

संसदीय दलको नेतामा इन्द्र बानियाँसँग पराजित भएपछि मुख्यमन्त्री पदबाट राजीनामा नदिने अडान लिएका थिए। सांसद चित्रकारका अनुसार बुढानीलकण्ठमा भोलि मुख्यमन्त्रीले राजीनामा दिने, आफूले नियुक्त गरेको तीन मन्त्रीलाई शपथ गराउने र संसदीय दललाई एकताबद्ध बनाएर अघि बढाउने सहमति भएको छ

दलको नेतामा पराजित भएपछि पनि मुख्यमन्त्री लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका थिए। तर, उनीहरूले अहिलेसम्म शपथ भएको छैन। यो सहमतिपछि अब बन्ने बानियाँ नेतृत्वको सरकारमा उनीहरूको सहभागिता निश्चित भएको छ।