देवनारायण साह
ईञ्चार्ज, नेकपा एमाले , लक्ष्मिपुर पतारी गाउँपालिका , सिरहा ।
लहान / नेकपा एमाले सिरहाको लक्ष्मिपुर पतारी गाउँपालिका ईञ्चार्ज हुन् देवनारायण साह । पतारी गाउँपालिकामा मनलाग्दि भईरहेको बताउँछन् साह । निजामती सेवा छाडेर २०५० सालमा एमालेको पूर्णकालिन राजनीतिमा होमिएका साहले आईएस्सी सम्मको अध्ययन पुरा गरेकाछन् ।
अहिले पतारी गाउँपालिकामा कांग्रेसबाट जितेका प्रमुख चतुरानन्द ठाकुर , उपप्रमुख अमरकला यादव र प्रमुखप्रशासकिय अधिकृत अशोक सिंह मिलेर लूट मच्यईरेहेको दाबि साहको छ छ । तिनै साहसँग पतारी गाउँपालिकाको कार्यसम्पादन , नेकपा एमालेको राजनीति र उनि राजनीतिमा लाग्नुको कारणबारे गरिएको कुराकानीको संपादित अंश:
राजनीतिमा कतिसालबाट , कुन सङ्गठनबाट लाग्नुभयो ?
२०५१ सालमा लागेँ । गरिब दलितमाथि भैईरहेको अत्याचार विरुद्ध गाउँ घरका शोषणबादी विरुद्ध र म सङ कुनै काम को लागि घुसपैठ गरेको कारण राजनीतिमा लागेको हुँ । म पहिलादेखिनै अन्याय अत्याचार नसहने मान्छे हो ।
राजनीति नै किन रोज्नुभयो?
देश र जनताको सेबा गर्न राजनीतिमा लागेँ ।
राजनीति मा लागेर २०५४ सालमा गा बि स अध्यक्ष मा निर्बाचित भए र सङ्ठन मा नेकपा एमाले को गाउँ कमिटी ईलाका कमिटी क्षेत्रीय कमिटी हुदै जिल्ला कमिटी सचिबालय सदस्य सम्म बनेँ ।हाल पनि जिल्ला कमिटी सदस्य मा छु ।
तपाईँको पारिवारिक पृष्ठभुमीबारे संक्षेपमा बताईदिनुस !
हाल म मेरो श्रीमति र दुई छोरा छौँ । बुवा २०५२ सालमा र आमा २०८१ साल मङ्सिर मा बित्नु भयो । छोरि एक जना छ , बिवाहा भै सकेको छ ।
घरपरिवार चलाउने पेशा के छ ?
मेरो आमाबुवा दुबैजन बनि गर्थे ।तेलि जातिको हिसाबले कल्हुमा तोरीको तेल बनाएर बिक्री गरि जीवनयापन गरि मलाई आई एस सि सम्म अध्यन गराउनुभयो ।२०४६ साल बैशाख २० गते सहकारी संघसंस्था को सुब्बा पाचौं तहमा काठमाडौबाट न्युक्ती प्राप्त गरि २०५१ सालसम्म धादिङ जिल्लाको सुनौला बजार बेनिघाट सम्म जागीर गरेँ ।र जागीरबाट राजीनामा दिई राजनीतिमा लागेँ । २०५४ सालमा गा बि स सितापुर (प्र ध )को अध्यक्ष पद्दमा निर्वाचित भैई ५ बर्ष जनताको सेवा गर्ने मौका पाएँ । तर पछिल्लो स्थानिय तहको चुनावमा आफ्नै पार्टी को कार्यकर्ताहरुको गुटबन्दीको कारणले हारेँ ।
झिनो मतले पराजित भएँ । पराजित भएपनि जनताको काममा दैनिक लागी रहेको छु ।
घरपरिवार चलाउने पेशा के छ ?
हाल घरपरिवार चलाउने पेशा फर्निचर ब्यबसाय छ । समय दिन नसकेको छैन ।खेतीपाती पनि छ । दुबै छोराहरु सिभिल ईन्जिनियर हुन । कान्छो सज्जन कुमार साह पर्यटन बिकास कार्यलयमा अस्थायी रुपमा कामकाज गर्दै छन् र जेठो छोरा सन्तोष कुमार साह घरमै बसेर केही प्राईभेट सप्लायर्सको काम गर्दै जिबन आपन गरिरहेको छछौँ । बुहारी पनि घरमै घरेलु काम काजमा छिन ।
कम्युनिष्ट राजनीतिमा लाग्नुको कारण ?
म कम्युनिस्ट राजनीतिमा लाग्नुको कारण २०५० भन्दा उता गाउँघरमा दलित ,गरिब भनेर थिचोमिचो गरिएको धेरै हेरेँ । उच्च पदमा बसेका ब्यक्तिहरु कुर्सीमा बस्ने र तल्लो जातका गरिब निमुखा हलुवा ,चर्वाहलाई र दलितगरिबहरूको हकअधिकार स्थापित गराउन कम्युनिष्ट राजनीतिमा लागेँ ।
अहिले लक्ष्मिपुर पतारी गाउँपालिकाले गरिरहेको कार्यसम्पादनलाई कसरी मुल्याङ्कन गर्नुभएको छ ?
अहिले लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्य बहुमतको दम्म र शोषणबादी शैलीमा गाउँपालिका चलाउने काम भईरहेको छ । साथै स्थानीय ऐन/नियम बिपरित प्रमुख प्रशासकिय अधिकृतको पछौटे बनेर आआफ्नो नातागोता अगाडि पछाडी राखी बिकासको कामकाज गर्दै आएकाछन् । त्यैपनि समयमै काम गर्न नसकी बजेट फिर्ता गराउने काम भईरहेको छ । समग्रमा गाउँ पालिका छाडापनको अबस्थामा चलिरहेको अबस्था छ ।
तपाईको पार्टी एमालेले गाप अध्यक्ष , उपाध्यक्ष , प्रमुख प्रशासकिय अधिकृत विरूद्व आन्दोलनको तयारी गर्नुको कारण के हो ?
प्रमुख प्रशासकिय अधिकृत को कार्यशैली लुटतन्त्र तरिकाको छ । बिना इस्टिमेट मुल्यांकनको भुक्तानी , बिना एन कानुन बमोजिम न्युक्ती , सामान खरिद , बिकास ब्जेट न्यून राखी संचालन खर्चमा धेरै ब्जेट राखी भ्रष्टाचार उच्च शिखर सम्म पुर्याउनु भएको छ ।
गाउँ पालिका अध्यक्षको छोरा , भतिजो दैनिक रूपमा कार्यलयमा आई बिकास ब्जेट चलाउनु कति को जायज हो , भन्नुस त ?
तपाईलाई गाउँपालिका प्रमुख र हाकिम विरूद्व पार्टीगतरूपमै विरोधमा उत्रनुको खास कारण के हो ?
पार्टी आन्दोलनमा जानुको मुख्य कारण गापामा पार्टी प्रतिपक्षीको हिसाबले भ्रष्टाचार गरेको हेर्न सकेन र खर्चको विवरण माग गर्दागर्दै हाल सम्म नदिनुले अनियमितताको पोल खुल्छकी भनेर मागेको सुचना दिएको छैन ।
तपाई जनप्रतिनिधीका रूपमा जनताको काम गरिसकेको मान्छे , पछिल्लो स्थानिय तहमा पनि गाउँपालिका प्रमुखमा उठ्नुभयो , तर हार्नुभयो । यसलाई यहीँ छाडौँ । लक्ष्मिपुर पतारीका जनताका प्रमुख समस्याहरू के के हुन् ? जनताको बर्तमान समस्या समाधान गर्न के गर्नुपर्ला ? तपाईँको दृष्टिकोण पाउँ न …
२०५४ सालमा निर्वाचित भएपश्चात म आफूले जितेको ठाँउलाई जिल्लाकै नमूना बनाएँ ।अहिलेको निर्वाचित जनप्रतिनिधिले समस्याको समाधानभन्दा पनि समस्याकै भुमरीमा फसेको देखियो ।लक्ष्मिपुरपतारीको प्रमुख समस्या बेरोजगारी , कृषिको आधुनिकीकरण हुन नसक्नु ,उचित मल खाद बीउ बिजन साथै सिंचाई नहुनु , शैक्षिक गुणस्तर कायम गर्न नसक्नु , लथालिङ्ग स्वास्थ्य क्षेत्र , जीर्ण सडक , बिचौलियाद्वारा चालेको गाउँपालिकाले जनताको काम गर्नै सक्दैन नि ।
पतारीका जनताको सेवा गर्ने जिवनको अन्तिम उदेश्य भन्नुभयो , यहाँका जनताको समस्या समाधान र बिकासबारे तपाईँको अवधारणा के के छ , बताईदिनुस् न !
सर्वप्रथम युवा पुस्ताहरु , यो देश र यो पालिकाको भविष्य हुन । सीपमूलक तालिम र स्टार्ट अप युवाहरुलाई गाउँपालिकाले सहयोग गर्नुपर्दछ ।
कृषि क्षेत्रमा मल बीउ बिजन को आवश्यकता बमोजिक किसानलाई सजिलै उपलब्ध हुनुपर्छ । यसको पहल गरिनेछ ।
किसानहरुको खेतबारीसम्म बिजुलीको पुहुच र गाडी पुग्ने सडकको व्यवस्था गरिने छ र नहर कुलो र डिप बोडिङ जडान गरि सिचाइ सुबिधायुक्त बनाईने छ ।
सामुदायिक विद्यालयको विकास नहुनुको प्रमुख कारण विद्यालय व्यवस्थापन समिति हो !यस्ता औचित्यहीन समितिलाई खारेज गरी बोर्डिङ स्कूल सरह , आधुनिक ल्याब खेलकुद , मैदान सहित दक्ष शिक्षक बाट पठनपाठन गराइने छ ।
गाउँपालिका भरी रहेको स्वास्थ्य चौकीमा एम बि बि एस डाक्टरको दरबन्दी सृजना गरि HA सरहको स्वस्थकर्मी राखी छिटो छरितो सुविधा दिने ब्यवस्था गरिने छ ।सम्पन्न स्वास्थ चौकी प्रत्येक वाडामा सेवा पुरयाउने छु ।
विर्थाइङ सेन्टर हरेक वार्ड मा राख्ने । आधुनिक ल्याब राख्ने ।सरकार द्वारा निःशुल्क औषधि सजिलै उपलब्ध गराउने ब्यवस्था गरिने छ ।गाउँपालिकामा आधुनिक अस्पताल सरह सुबिधायुक्त अस्पताल निर्माण गरिने छ । २४ औं घण्टा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराईने छ ।
गाउँपालिकाको हरेक वार्डलाई जोड्ने कालोपत्र रिङरोड, गल्ली गल्ली rcc ढलान, खाल्डा खुल्डि हिलो मूक्त गाउँपालिका निर्माण गरिनेछ ।
सेवाको भावनाले राजनीतिमा आएको हु , म निजामती सेवा त्यागेर युवा अवस्थामै सामजिक परिवर्तनको लागि राजनीति मा होमिएको मानिस हो ।
राजनीतिमा लागेर के पाउनुभयो ?
मान सम्मान पाए । जनताको माया पाएँ ।
पाउनु भन्दा पनि धेरै त गुमाएँ, सत्यको अगाडि नझुक्ने र असत्य लाई नछोड्ने मेरो कार्यशैलीले गर्दा धेरै इष्टमित्र गुमाएँ ।तर जनताको अपार माया कमाएँ, यही नै मेरो सम्पति हो ।
म जनताको सेवक हुँ । बिहानैदेखि साँझ सम्म जनताकै काममा हुन्छु । कहिले अदालत, कहिले प्रहरी प्रशासन हरेक निकाय , हरेक सुख दुःखमा जनताकै बीचमा रहेर रमाउने गर्छु ।
प्रतिक्रिया