खुकुरी प्रहार गरि दाइले गरे भाइकाे हत्या

ताप्लेजुङ । ताप्लेजुङमा खुकुरी प्रहार गरी दाजुले आफ्नै भाइको हत्या गरेका छन् । आठराई त्रिवेणी गाउँपालिका–४ चागेमा हिजाे राति दाजुभाइबीच सामान्य वादविवाद हुँदा दाजुले भाइलाई खुकुरी प्रहार गरेका थिए ।

दाजुले प्रहार गरेको खुकुरीले भाइको मृत्यु भएको वडाध्यक्ष अर्जुन लिम्बुले जानकारी दिए । २२ वर्षका मनकुमार बिकले घरायासी बिषयलाई लिएर सामान्य विवाद हुँदा आफ्नै भाइ वर्ष २० का रोशन बिकको हत्या गरेको जिल्ला प्रहरी प्रमुख वेद प्रसाद गौतमले जानकारी दिए ।