काठमाडौं। ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
भक्तपुर सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने रामेछाप खाँडादेवी गाउँपालिका–५ पकरबास घर भएका ४२ वर्षीय सविन उप्रेतीलाई प्रहरीले पक्राउ गरेको हो ।
उक्त मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर दधिकोट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।
प्रतिक्रिया