यस्ता छन् बैदेशिक रोजगार बोर्डका प्रगतिहरु

काठमाडौं ।वैदेशिक रोजगार बोर्डले गत आर्थिक वर्ष २०८१/०८२ को प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । बोर्डमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले बोर्डले गरेका कामहरूबारे जानकारी दिएका हुन् । बोर्डले गत आर्थिक वर्षमा एक हजार १८० नेपालीको शव मृतकको घरसम्म ढुवानी गरेको हो ।


आज आयोजित पत्रकार सम्मेलेनमा बोर्डका कार्यकारी निर्देैशक डा. दरवारिका उप्रेतीले बोर्डले गरेका कामहरु र आगामी दिनका गरिने कामहरुको बारेमा जानकारी गराएका थिए । उनले बोर्डले गरेका प्रगति विवरण समेत प्रस्तुत गरेका थिए । बोर्डले बैदेशिक रोजगारमा गएका कामदारहरुको हकहितका लागि व्यवस्थित गर्नका लागि ११४१ नम्बरको फोन चौबिसै घण्टा खुला रहेको र सोमार्फत कामदारहरुको समस्या बुझ्ने र समाधाानको काम भैरहेको पनि निर्देशक उप्रतीले जानकारी गराए ।
यस्तै बोर्डले वैदेशिक रोजगारीको क्षेत्रलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यले संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा सुरक्षित आप्रवासन कार्यक्रम सञ्चालन भैरहेको छ। सूचना तथा परामर्श, कानूनी सहयोग, मनोसामाजिक परामर्श, वित्तीय साक्षरता र सीप विकास तालिम बोर्डले दिरहेको छ । कार्यक्रमको गुणस्तरीयता तथा प्रभावकारीता अभिवृद्धिको निम्ति स्वीस सरकार विकास सहयोग एसडीसीको तर्फबाट हेल्भेटास नेपालले प्राविधिक सहयोगीको भूमिका निर्वाह गर्दै आएको छ।

यस्तै जिल्लास्थित जिल्ला प्रशासन कार्यालयको परिसरमा आप्रवासी स्रोत केन्द्र र राहदानी वितरण हुने इलाका प्रशासन कार्यालयमा आप्रवासी स्रोत उपकेन्द्र सञ्चालनमा रहेका छन्। आप्रवासी स्रोत केन्द्रबाट वैदेशिक रोजगारी सम्बन्धी सूचना तथा परामर्श, कानूनी परामर्श तथा सहयोग, गन्तव्य मुलुकबाट स्वदेश फिर्ती तथा उद्दार, आर्थिक सहयताका लागि सहजीकरण गर्ने काम पनि बोर्डले गरिरहेको छ । यस्तै आप्रवासी स्रोत केन्द्रले सरोकारवाला निकायहरूसँग समन्वय र सहजीकरण गरी सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सेवाहरू प्रदान गर्ने गरेको छ। आप्रवासी स्रोत केन्द्रले सरोकारवाला निकायहरूसँग समन्वय र सहजीकरण गरी सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सेवाहरू प्रदान गर्ने गर्दछ।

गएको एक वर्षमा वैदेशिक रोजगारीका क्रममा मृत्यु, अंगभंग, बिरामी तथा मृतकका आफन्त र कल्याणकारी कार्यका लागि एक अर्ब ८५ करोड १२ लाख रुपैयाँ आर्थिक सहयोग वितरण गरेको छ । गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु, अंगभंग, बिरामी भएका र अन्य कल्याणकारी कार्यमा यस्तो रकम सहयोग गरेको हो ।

गत वर्षमा एक हजार पाँच सय १७ नेपालीले विदेशमा रोजगारीकै क्रममा ज्यान गुमाउँदा तिनका आफन्तलाई मात्र वैदेशिक रोजगार बोर्डले १ अर्ब २ करोड ३४ लाख रुपैया आर्थिक सहयोग गरेको थियो । यो रकम अंगभंग, बिरामी तथा शव व्यवस्थापन खर्चबाहेकको हो । गत वर्ष विदेश रोजगारीको इतिहासमा सबैभन्दा बढी युवाले ज्यान गुमाएका थिए ।
बोर्डले सार्वजानिक गरेको आर्थिक वर्ष २०८१–८२ को प्रगति प्रतिवेदनअनुसार वैदेशिक रोजगारी सिलसिलामा एक हजार पाँच सय १७ नेपाली श्रमिकको मृत्यु भएको उल्लेख छ । अघिल्लो आर्थिक वर्षमा विदेशमा मृत्यु भएर वैदेशिक बोर्डबाट आर्थिक सहायता लिनेको संख्या एक हजार हजार तीन सय ४६ थियो । अघिल्लो आवको तुलनामा गत आवमा विदेशमा मृत्यु हुने नेपालीको संख्या एक सय ७१ जनाले बढेको छ ।

बोर्डका निर्देशक गुरुदत्त सुवेदीले विदेश रोजगारीमा रहेका युवाका लागि दिइँदै आएका विभिन्न ८ प्रकारका कल्याणकारी सहयोगका लागि हालसम्मकै सबैभन्दा बढी आर्थिक सहयोग गरेको जनाए । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा मृत्यु हुने नेपालीको संख्या केही बढेको देखिएको बोर्डको प्रगति प्रतिवेदनमा उल्लेख छ । यो अवधिमा वैदेशिक रोजगारीबाट लगभग १६ खर्ब ३० अर्बभन्दा बढी रेमिट्न्यान्स भित्रिएको छ ।

गत आवमा अंगभंग, विरामी भएका श्रमिकको संख्या आठ सय ६७ थियो । अंगभंग, बिरामी श्रमिकका लागि करिब २५ करोड रुपैयाँ आर्थिक सहायता वितरण गरिएको थियो । बोर्डले सोही अवधिमा चार सय ४२ जना कामदारका परिवारलाई औषधी उपचार सहयोगका लागि एक करोड ६८ लाख रुपैयाँ आर्थिक सहयोग वितरण गरेको थियो ।

यसैगरी विभिन्न श्रम गन्तव्यमा अलपत्र श्रमिकको उद्धार लागि नियोगसँग समन्वय गरी दुई सय २५ जनाको उद्धारका लागि ११ लाख रुपैयाँ सहयोग गरेको थियो । बोर्डले गत वर्ष विदेशमा मृत्यु भएकामध्ये एक हजार ६८ श्रमिकको शव गृहजिल्ला ढुवानी गर्न तीन करोड २५ लाख खर्च गरेको थियो । यसरी विदेशबाट चार सय ८१ श्रमिकको शव झिाकाउन तीन करोड २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो । यसबाहेक सरकारले विदेशमा मृत्यु हुने श्रमिकका नजिकका हकवालालाई १० लाख रुपैयाँका दरले आर्थिक सहायता दिदै आएको छ ।

बोर्डले सार्वजानिक गरेको वार्षिक प्रतिवेदनअनुसार सबैभन्दा कम मृत्युदर युएई ०।२१ प्रतिशत, कतार ०।२४, साउदी ०।३९ र सबैभन्दा बढी मलेसिया ०।८३ प्रतिशत रहेको छ । विगत तीन वर्षयता रोजगारीका क्रममा मृत्यु भई आर्थिक सहायता लिने बढदै गइरहेको बोर्डले सार्वजनिक गरेका वार्षिक प्रतिवेदनमा उल्लेख छ । मृतक श्रमिकका परिवारलाई दिँदै आएको आर्थिक सहायता रकम पाउने मापदण्डको दायरा फराकिलो भएसँगै आर्थिक सहायता खर्चसमेत वृद्धि हुदै आएको छ ।

बोर्डले आर्थिक सहायता र अन्य सामाजिक कार्यका लागि दिदै आएको सेवा अनलाइनमार्फत गरेसँगै सेवाग्राही संख्या बढेर सहयोग रकम पनि बढेको हो । यसअघि वैदेशिक रोजगार कल्याणकारी कोषमा रहेको रकम विदेशमा मृत्यु भएको अवस्थामा मात्र श्रमिकका आफन्तले पाउनेमा वैदेशिक रोजगार ऐनको व्यवस्था संशोधन भएर श्रम स्वीकृती अवधिमा नेपालमा रहँदा मृत्यु भए पनि १० लाख पाउने निर्णय भएपछि सहयोग लिनेको संख्या बढेको हो ।
बोर्डले नयाँ एम्बुलेन्स खरिद गर्न लागेको जानकारी समेत आजको कार्यक्रममा गराईयो । यस्तै अनलाइन एकपको कार्य पनि चाडै नै थालिने जानकारी गराईयो । अन्य कार्यक्रम भने निरन्तर नै रहेको कार्यक्रममा जानकारी गराईएको थियो ।