वाशिष्ठ
काठमाडौं । काठमाडौ महानगरपालिका वडानम्बर चार धुम्बाराहीमा सञ्चालन रहेका संस्थागत विद्यालय प्रोलिफिक मावि र साइपाल माविविचमा गैह्रकानुनी हिमचिम बढेको छ । २०८३को लागि एसइइ परीक्षाको लागि रजिस्ट्रेसन फारम भर्नुपर्ने हुन्छ ।

हाल २०८३ को एसइइको रजिस्टेसनको लागि प्रोलिफिक मावि र साइपाल माविले नियामक निकायबाट कुनै अनुमति नलिएर गैह्रकानुनी रुपमा साइपाल एकेडेमीको नामबाट जिल्ला शिक्षा एकाई काठमाडौमा रजिस्ट्रेसन गरेको फेला परेको छ । जसमा २३ जना प्रोलिफिकका र १३ जना साइपालका गरी साइपाल एकेडेमीको नामबाट रजिस्टेसन गरिएको छ । कुन विद्यार्थी साइपाल र कुन विद्यार्थी प्रोलिफकको भनेर छुट्याउन भने सकिदैन सँगै एकमुष्ट दुई विद्यालयका ३६ जना विद्यार्थी रजिस्टेसन साइपाल एकेडेमीबाट भएको गोप्य श्रोतले जनाएको छ ।

यसलाई पुष्टि गर्न काठमाडौ महानगरपालिका शिक्षाविभागमा मर्च गर्दा आवश्यक प्रमाणका बारे बुझ्दा गोप्य श्रोतले जानकारी गरायो हाल २०८२को शैक्षिक शत्रको लागि विद्यार्थी प्रोलिपिकबाट दर्ता नगरेको र साइपाल एकेडेमीबाट मात्रै दर्ता गरेको बुझियो ।
एक विद्यालयबाट अर्को विद्यालयमा विद्यार्थी सार्न नियामक निकाय काठमाण्डौ महानगर शिक्षा विभागबाट अनुमति लिनुपर्ने हुन्छ । मर्चको अनुमति र दर्ता प्रकृयाबारे बुझ्दा शिक्षा अधिकृत रुक्मिला इटनी केही आवश्यक नपर्ने विद्यालयले आफैदर्ता गर्न सक्ने रहेको र आजसम्म प्रोलिफिकको किन दर्ताछैन त भन्दा दर्ता नम्बर लिएको छैन होला गरेको छैन होला लिनैपर्छ भन्ने छैन भनेर गैह्रकानुनी हर्कत गर्ने विद्यालयलाई नै साथ पुग्ने गरी प्रस्तुत भइन् ।
त्यस्तै उक्त क्षेत्र हेर्ने शिक्षा अधिककृत नेत्रनारायण पौडेल निजि विद्यालयको के कानुन छ भनेर गैह्रकानुनी रुपमा चलेका विद्यालयलाई नै बल पुग्ने गरी प्रस्तुत हुन्छन् ।
गैह्रकानुनी मर्च,कसुरदार ठहर व्यक्ति प्रअ रहेको र दोहोरो रजिस्टेसन भएको व्यक्तिबारे कार्वाही गर्न शिक्षा मन्त्रालले २०८१ माघ १८ गते पठाएको पत्रलाई मन्त्रालयको पत्रलाई कस्ले टेर्छ र कार्यन्वयन गर्छ भनेर अभियुक्तलाई नै बल पुग्ने भाषा र जवाफ दिन्छन् ।
अगाडी भन्छन् मर्च गर्नुपरे मर्चको निती छैन एक कम्पनी खारेज गर्ने अर्को चलाउँने प्रकृया कम्पनी कानुनमा गर्ने भन्छन् तर यी दुबै निकायले कम्पनी मर्चको प्रकृया नथाली गोप्य गैह्रकानुनी तवरले विद्यार्थी भर्ना गरेका छन् ।
यो प्रकरण हाल मात्रै नभएर २०८१को शैक्षिक शत्रदेखि नैचलेको हो प्रोलिफिक र साइपालको विद्यार्थीहरुमा कक्षा ११ र १२ साइपालमा र कक्षा १० सम्मका विद्यार्थी प्रोलिफिकमा पढाएर एक शत्र विताउँदा पनि काठमाडौँ शिक्षा विभाग कानमा तेल हालेर अनदेखा गरेर बस्यो । खासगरी उक्त क्षेत्र हेर्ने शिक्षा अधिकारी नेत्रनारायण पौडेलको तीं विद्यालयमाथी अवैधानिक साथ रहेकाले तीं विद्यालयले कुनैकानुनी प्रकृया नअपनाइकनै विद्यालय मर्च गरेका छन् ।
विद्यालय मर्च भएको व्यावहारिक प्रमाण हाल साइपाल मावि ब्लक (१ देखि १०) भनेर पुरानो प्रोलिफिकलाई बनाइएको छ । प्लसटु बल्क साविक साइपाललाई बनाइएबाटै हाल कानुनी रुप पूरा नगरीकनै विद्यालय मर्च गरिएको सप्रमाण देखिन्छ । यसअघि संगै पढाइएका भए पनि कक्षा १२को र एसइइ २०८१को परीक्षा अलग अलग नामबाट दिलाइएको छ ।
शिक्षा मन्त्रालयले २०८१ साल माघ १८ गते पठाएको पत्र नै शिक्षा विभागले कार्यन्वयन नगरी गायब पारेको छ । शिक्षा विभागको हरेक फाँटमा बुझदा पनि उक्त पत्र भेटिदैन ।
हाल आउनुभएका शिक्षा विभाग प्रमुख केशव ज्ञवाली भने आफू भरखर नयाँ आएकाले त्यो बेला के भएको हो बुझ्न बाँकी भएकाले बुझेर जवाफ दिने बताए ।
स्मरण होस् गत २०८०को कक्षा १२को वार्षिक परीक्षामा पाँचजना विद्यार्थीको नक्कली फोटा टाँस गरी नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिलाउँन खोजेको अभियोगमा प्रोलिफिक माविका प्रअ गोपालबहादुर महतलाई काठमाडौँ जिल्ला अलालतले ६ महिना कैद र पाँचहजार जरिमाना फैसाला गरेको छ ।
त्यस पछि पनि आफै प्अ भनेर प्अको जिम्मेवारी र पत्राचार गरिरहेको भेटिएको छ ।
त्यस्तै २०८१को कक्षा १२कै परक्षिाको प्रश्नपत्त आउट गरेको अभियोगमा साइपालका प्रधानाध्यापक गणेश जोशी लगायतलाई शिक्षा ऐन २०२८को दफ १७ को (क) र (च) को अभियोगमा अनुसन्धान गरी मुद्धा चलाइएको छ ।
हाल जोशी धरौटीमा छुटेका छन् । विभिन्न समयमा गैह्रकानुनी धन्दाका मतियारलाई नै बल पुग्ने गरी कार्वाही गर्नूको साटो काठमाडौ महानगर शिक्षा विभागले साथ दिएको छ ।
यसबारे बुझन खोज्दा साइपालका प्रधानाध्यापक गणेश जोशी र प्रोलिफिकका प्रअ गोपालबहादुर महत र निमित्त प्रअ सरोज न्यौपाने सम्पर्कमा आउन चाहेनन् ।
प्रतिक्रिया