काठमाडौं । १६ वर्षीया बालिकालाई जबरजस्ती बलात्कार गरेको अभियोगमा दाङ दंगीशरण गाउँपालिका–६ घर भएका २२ वर्षीय रमेश खड्कालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
रमेशलाई ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस्तै १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ मिक्लाजुङ गाउँपालिका–८ तोरीबारी बस्ने २७ वर्षीय भेष राज दुलाललाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
भेष राजले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया