काठमाडौ । बलात्कार मुद्दामा मधेसका पूर्व प्रदेश प्रमुख राजेश अहिराजलाई पुर्पक्षको लागि थुनामा पठाइएको छ ।
आज जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको इजलासले अहिराजलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश गरेका हुन् ।
हिजो सरकारी वकिलको कार्यालय काठमाडौंले अहिराजविरूद्ध बलात्कारको कसुरमा मुद्दा दायर गरेको थियो। काठमाडौंको बानेश्वरमा रहेको एक होस्टलमा बस्दै आएकी युवतीलाई बलात्कार गरेको आरोप अहिराजमाथि लागेको छ।
अहिराज साउन ४ गते काठमाडौंबाट पक्राउ परेका थिए। गत माघ ३ गते उनीविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएको थियो।
जाहेरी दर्ता गरे पनि प्रहरीले अहिराजविरूद्ध अदालतबाट पक्राउ पुर्जी लिएको थिएन। प्रहरीले चैत २५ गते जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको थियो।
उक्त पक्राउ पुर्जी जारी भएको थाहा भएपछि अहिराज फरार भएका थिए। घटना २०८१ जेठ ४ गतेको हो।
प्रतिक्रिया