कांग्रेस बागमती संसदीय दलको नेतामा बानियाँ निर्वाचित

हेटौडा। नेपाली कांग्रेस बागमती संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन् ।

मुख्यमन्त्री बहादुर सिंह लामाले दलको नेताको हैसियत गुमाएसँगै भएको निर्वाचनमा बाँनिया २२ सांसदको मतसहित विजयी भए भने लामा १४ मा रोक्किए ।

एक मत बदर भएको छ । बागमतीमा कांग्रेसका कुल ३७ सांसद छन् ।