काठमाडौ । नागरिक उम्ुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाएको पत्र निर्वाचन आयोगमा दर्ता भएको छ । विधान विपरीत कार्यवाहक अध्यक्ष तोकेको कारण देखाइ उनलाई अध्यक्ष पदबाट हटाइएको नाउपाले जनाएको हो ।
पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि अध्यक्ष श्रेष्ठले पोखराकै शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मा दिएकी थिइन् । त्यसको पार्टीभित्रै चर्को विरोध भएको थियो ।
रामलाल डगौरा संयोजकत्वको अनुशासन समितिले चौधरीलाई २४ घण्टा भित्र स्पष्टीकरण सोधेको थियो । तर, उनले तोकिएको समयभित्र स्पष्टीकरण नदिएपछि अध्यक्ष पदबाट हटाइएको जानकारी नाउपाले आयोगलाई दिएको छ ।
रञ्जितालाई पार्टी अध्यक्षबाट हटाएको पत्र मंगलबार आयोगमा दर्ता भएको थियो । अनुशासन समितिले गरेको कारबाहीलाई मध्यबानेश्वरमा जारी राष्ट्रिय भेलाले अनुमोदन गर्नेछ । अनुशासन समितिमा सुनिता चौधरी र पुण्य बुढा छन् ।
प्रतिक्रिया