कांग्रेस बाग्मती प्रदेश संसदीय दलमा लामा र बानियाँबीच प्रतिस्पर्धा हुने 

हेटौडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयन गरिदैँछ ।

उक्त पदका लागि अहिले सो प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा र इन्द्रबहादुर बानियाँबीच प्रतिस्पर्धा हुदैँछ ।

मुख्यमन्त्री बिरूद्द अविश्वासको मत दर्ता गरेका सांसदहरूले पहिले नै बानियाँलाई दलको नेता र मुख्यमन्त्री बनाउने तयारी गरेका छन, हिजो उनको पक्षमा २२ मत परेको थियो भने लामा १५ मतमा सिमित भएर पदमुक्त भएका थिए ।

तर, बानियासँग फेरी लामा प्रतिस्पर्धामा उत्रन लागेका हुन् ।