एमाले बागमती प्रदेश संसदीय दलको बैठक बस्दै

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठक आज बस्दैछ ।

बैठक अहिले बिहान ११ बजे हेटौंडास्थित संसदीय दलको कार्यालयमा बस्ने एमाले बागमती संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेलले जानकारी दिए ।

उनका अनुसार बैठकमा प्रदेशको पछिल्लो समसामयिक राजनीतिक अवस्था, भावी रणनीति, सरकार सञ्चालनको अवस्था, आगामी रणनीतिबारे विस्तृत छलफल हुनेछ भने बैठकमा प्रदेश सरकारमा देखिएको अस्थिरता, सत्ता समीकरणको सम्भावित पुनर्संरचना लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।