पूर्व प्रदेशप्रमुखविरुद्ध मुद्धा दर्ता

काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजविरुद्ध बलात्कार आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

९ दिन अघि साउन ४ मा पक्राउ परेका उनलाई प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

अहिराजले परिवर्तिन नाम २६ परिसर (३२) ०८२–०८३ लाई बलात्कार गरेको जाहेरीका आधारमा अहिराज विरुद्ध मुद्दा दायर गरेको हो । आफूलाई २०८१ जेठ ४ मा काठमाडौंको नयाँ बानेश्वरस्थित कोठामा अहिराजले बलात्कार गरेको युवतीको आरोप छ । कोठामा एक्लै बसेका बेला पूर्व चिनजानका अहिराजले आएर बलात्कार गरेको पीडितले बयान दिएकी छिन् ।

उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ दफा २१९ को उपदफा २ को कसुर गरेको भन्दै खण्ड ९ङ० बमोजिम ७ वर्षदेखि १० वर्षसम्मको सजाय मागदाबी गरिएको छ ।

साथै दफा २१९ कै उपदफा (३क) को खण्ड ग बमोजिम प्रतिवादी अहिराजसँग ३ लाख रुपैयाँ जरिवानाको माग दाब पेशगरिएको छ ।