प्रधानमन्त्री ओलीले गरे रानी जमरा -कुलरिया सिँचाइ आयोजनाको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको कैलालीमा रहेको रानी जमरा -कुलरिया सिँचाइ आयोजना(राष्ट्रिय गौरवको पाँचौँ )आयोजनाको आज उद्घाटन गरेका छन् ।

१२० वर्ष पुरानो यो आयोजना, स्थानीय समुदायले सुरु गरेको नेपालको सबैभन्दा ठूलो सिँचाइ प्रणाली हो । आधुनिकीकरण २०६६ /६७ मा सुरु भएको यो आयोजनाको पहिलो चरण २०७२/७३ मा र दोस्रो चरण विश्व बैङ्कको सहयोगमा २०८२ असारसम्म सम्पन्न भयो ।

अब यसले ३४,३०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउनेछ, जसबाट २३,६२२ घरधुरीका करिब १,४२,३६६ व्यक्ति लाभान्वित हुनेछन् । लम्की विस्तार शाखा नहरबाट थप ६,००० हेक्टरमा सिँचाइ सुविधा उपलब्ध छ ।

आयोजनाअन्तर्गत साइड इन्टेकमा गेट अटोमेसन, डिसेटलिङ बेसिन, फिडर क्यानल, १४ किमि लम्की शाखा नहर, १२० किमि कृषि सडक, २९।३५ किमि नदी नियन्त्रण कार्य र पथरैया नदीमा ३ पुल निर्माण सम्पन्न भएका छन् । तेस्रो चरणको स्तरोन्नतिपछि २०८५र८६ सम्म कन्द्रा नदीसम्म थप १५,००० हेक्टर र कुल २०,३०० हेक्टरमा सिँचाइ विस्तार गर्ने लक्ष्य छ, जुन विश्व बैङ्कको ऋण सहयोगमा निर्माण हुनेछ ।