पोखरामा फेला परेका हायू परिवारलाई आफन्तको जिम्मा लगाईयो

गण्डकी । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भइ कास्कीको पोखरा महानगरपालिका– ३० गगनगौडामा फेला परेका उर्मिला हायूका परिवारलाई आफन्तको जिम्मा लगाइएको छ ।

पोखरा–३० स्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा सोमबार बेलुका भेटिएका उनीहरूलाई ज्वाइँ नाता पर्ने धनबहादुर तामाङको जिम्मा लगाईएको हो । सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालको अनुसार उनीहरूलाई पोखरा महानगरपालिका(३० का वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीको रोहबरमा आफन्तको जिम्मा लगाइएको हो ।

धनबहादुर हराएका मध्येकी कमला हायुका पति हुन् । प्रहरीका अनुसार बेलाबेलामा बिरामी भइरहने र धामीले त्यहाँ नबस्न भनेपछि छेत्पाबाट हिँडेको उनीहरूले बताएका छन् ।