आखिर कता हराए सिन्धुलीमा एकै परिवारका १६ जना ?

सिन्धुली। सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीमा एकै परिवारका १६जना सदस्य एकाएक रहस्यमय तरिकाले बेपत्ता भएका छन् ।

वडाध्यक्ष रविन श्रेष्ठका अनुसार उर्मिला हायुको परिवारका १६ जना सदस्य आइतबार रातिदेखि बेपत्ता हुन् । सीमान्तकृत समुदायको सामाजिक सुरक्षा भत्ता बुझेर घर फर्किएका परिवारका सदस्य सम्पर्कविहीन भएको वडाअध्यक्ष श्रेष्ठले बताए ।

वडाध्यक्ष श्रेष्ठका अनुसार उर्मिला हायुको घरमा आगो लागेर सामान्य क्षति भएको देखिन्छ भने घर पालुवा जनावर अलपत्र अवस्थामा छन् । उनीहरूको खोजी कार्य भइरहेको वडाध्यक्ष श्रेष्ठले बताए ।