काठमाडौं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले लुम्बिनीको संरक्षण र सम्वर्द्धनमा सबै लाग्नुपर्ने बताएका छन्। आज काठमाडौंमा सुपोत महास्थथवीरलाई विश्व शान्ति विहार तथा नेपाली बौद्ध समुदायको धार्मिक अभिनन्दन कार्यक्रममा बोल्दै उनले यस्ता आग्रह गरेका हुन्।
सुपोत महास्थथवीरलाई थाइल्याण्ड सरकारले लुम्बिनीमा आएर गरेको धार्मिक र सामाजिक योगदानबापत सम्मान गरेको छ । सोही बारेमा नेपाली बौद्ध समुदायले पनि सम्मान गरेको छ।
सुपोत महास्थथवीरले लुम्बिनीमा आएर महत्वपूर्ण धार्मिक र सामाजिक योगदान पुर्याएको पनि मन्त्री सिंहले बताए। उनले भने, ‘आजको यो अभिनन्दन कार्यक्रम छ । जुन उहाँले लुम्बिनीमा आएर गर्नुभएको धार्मिक, सामाजिक योगदान गर्नुभएको छ । निरन्तर र अनवरत रुपमा योगदान गर्नुभयो । थाइ सरकारले ज्यादै ठूलो सम्मान दिएको छ । बुद्धिजमअघि बढाउन र लुम्बिनीको संरक्षण गर्न आवश्यक छ ।’
उपप्रधानमन्त्री सिंहले बुद्ध धर्म र लुम्बिनी एक अर्काको पर्याय भएको पनि बताए।










प्रतिक्रिया