बागमतीका मुख्यमन्त्री लामाबिरुद्ध कांग्रेसका २१ सांसदहरुद्वारा अविश्वासको प्रस्ताव दर्ता

काठमाडौ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई दलको नेताबाट कांग्रेसकै २१ जना सांसदहरूले हस्ताक्षर गरी लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।


लामालाई हटाएर कांग्रेसका बहुमत सांसदले इन्द्र बानियाँलाई नयाँ मुख्यमन्त्री बनाउनका लागि उनीहरुले यस्तो गरेका हुन् । बानियाँ बागमतीका सभापति पनि हुन् । बानियाँले २१ जना सांसदको हस्ताक्षर गरेर संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरिएको जानकारी दिए । बागमतीमा ३७ जना संसद प्रदेश सरकारमा सहभागी छन् ।

बागमती प्रदेशको मुख्यमन्त्री लामालाई हटाउन अविश्वासको प्रस्ताव ड्राफ्ट गरेर बागमती प्रदेशमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गरेका चार मन्त्रीले केहीबेरअघि मात्र मन्त्री पदबाट राजीनामा दिएका थिए ।

लामालाई हटाउन उनीहरूले अविश्वासको प्रस्ताव संसदीय दलमा दर्ता गराउन ड्राफ्ट तयार पारी ह्वाट्सएपमार्फत राजीनामा दिएका थिए ।

मुख्यमन्त्री लामाले बजेटमा मनोमानी गरेको र योजना बेचेको भन्दै कांग्रेसकै मन्त्रीहरू उनीसँग रुष्ट थिए । २०७९ पुस १३ गते भएको निर्वाचनमा बानियालाई ५ मतले हराएर लामा संसदीय दलको नेता निर्वाचित भएका थिए । बागमतीमा कांग्रेस र एमालेका गठबन्धन सरकार छ ।