काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले एमालेको सदस्यता विधिपूर्वक नविकरण गरिसकेको बताउँदै हुलहुज्जत र उत्तेजनाबाट सदस्यबाट हटाउन नमिल्ने बताएकी छिन् । आज पत्रकार सम्मेलनको आयोजना गरी उनले यस्तो बताएकी हुन् ।
आफू देशका लागि थप योगदान दिनका लागि पार्टीमा फर्किन चाहेको उनले बताइन् । उनले भनिन्, ‘मैले नवीकरण गरिसकेको सदस्यता हुलहुज्जत र उत्तेजनाको भरमा खारेज हुँदैन । यसको पनि प्रक्रिया हुन्छ ।’
भण्डारीले आफू अझै पनि नेकपा एमालेको परिवारमा कायम रहेको बताइन् ।
‘कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता फाल्न सक्छ भन्ने मलाई लाग्दैन,’ भण्डारीले भनिन् । पत्रकारले भण्डारीलाई उनको भावि रणनीतिबारे धेरै प्रश्न राखेका थिए । सबैलाई छोटकरीमा सम्वोधन गर्दै उनले आफू एमालेमै रहेको र सदस्यता यथावत रहेको दाबी गरिन् ।


प्रतिक्रिया