काठमाडौं । वागमती प्रदेशका चार जना मन्त्रीहरुले राजीनामा दिएका छन् ।
शुक्रबार वागमतीका युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका हुन् ।
उनीहरु चारैजना कांग्रेसबाट मन्त्री बनेका हुन् । उनीहरुले राजीनामा दिनुअघि कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए ।
प्रतिक्रिया