काठमाडौं । दार्चुलामा कृषि अनुदानको रकम हत्याउनका लागि कृषक समूहका सचिव र कोषाध्यक्षको मृत्यु भएको भन्दै बैङ्कलाई फर्जी पत्र पठाएको आरोपमा दुई जनालाई पक्राउ परेका छन् ।
शैल्यशिखर नगरपालिकाको कृषि शाखा प्रमुख दीपकराज विष्ट र भेटेरिनरी प्राविधिक जनकसिंह धामीलाई पक्राउ गरिएको दार्चुला प्रमुख प्रहरी नायब उपरीक्षक९डीएसपी० प्रकाश दाहालले जानकारी दिए ।
पक्राउ परेकामध्येका धामी शैल्यशिखर नगरपालिकाका मेयर विजयसिंह धामीका छोरा हुन् । दुवै जनालाई बुधवार पक्राउ गरेर लिखत सम्बन्धी कसुर किर्ते, किर्ते र आपराधिक विश्वास घात शीर्षकमा किटानी जाहेरी दर्ता गरेर सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
उनीहरूले ‘ओखर पकेट क्षेत्र’ कार्यक्रमको दुई लाख २० हजार रुपैयाँ अनुदान प्राप्त गर्नका लागि कृषक समूहका सचिव मन्जु धामी र कोषाध्यक्ष जानकी धामीको मृत्यु भएको भन्दै हस्ताक्षर परिवर्तनका लागि ग्लोबल आईएमई बैङ्कको गोकुलेश्वर शाखालाई पत्राचार गरेका थिए ।
प्रतिक्रिया