रौतहट । रौतहट जिल्लाको माधव नारायण नगरपालिका–४ बिसनपुरवा मानपुरमा बुधवार बिहान करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।
स्थानीय ४० वर्षीय रामबाबु मुखियाको सिचाइको लागि प्रयोग गरिएको मोटरमा विद्युत् प्रवाह भई करेन्ट गम्भीर घाइते भई प्रादेशिक अस्पताल गौरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
आज बिहान करिब ७ः०० बजे आफ्नै खेतमा सिंचाइ गर्नका लागि मोटर सञ्चालन गर्ने क्रममा करेन्ट लागेर रामबाबु घाइते भएका थिए। उनलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो।
तर, अस्पतालमा उपचारकै क्रममा बिहान ७ः५० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपककुमार रायले जानकारी दिए ।
करेन्ट लागेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय शिवनगरबाट सई राजेश सिंहको नेतृत्वमा टोली खटिएको टोलीले मुखियालाई उपचारको लागि प्रादेशिक अस्पताल गौर पठाएको थियो। घटनास्थल प्रहरी चौकी शिवनगरबाट करिब ५ किलोमिटर दक्षिण–पूर्वमा पर्ने बताइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया