पुर्व राष्ट्रपतिको सदस्यतामा रोक लगाएर पार्टी बिभाजन रोक्यौंः अर्थमन्त्री

बुटवल । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले एमालेलाई विभाजन गर्न खोज्नेहरुको सपनामाथि तुषरापात भएको बताएका छन ।

मुलुकको सर्वोच्च संस्था राष्ट्रपति जस्ता पदमा आसिन भैसकेको व्यक्ति पार्टी राजनीतिमा आउनु उपयुक्त नहुने भनेर एमालेको केन्द्रीय कमिटीले एकमतले निर्णय गरेपनि विभाजन चाहनेहरुको सपना तुहिएको बताए ।

पुष्पलाल स्मृती दिवसको अवसरमा एमालेले बुधबार बुटवलको आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी उपाध्यक्ष समेत रहेका पौडेलले यस्तो बताएका हुन् ।

“एमाले पार्टी विभाजनमा भूमिका खेलेकाहरुले अहिले फेरि पनि विभाजन गर्न सकिन्छ कि भनेर कोशिस गरिरहेका थिए, तर पार्टीले एकमतले निर्णय गरेपछि उनीहरुको सपनामाथि तुषारापात भएको छ”–पौडेलले भने, “पार्टीभित्र अस्थिरता मच्चाउने र विभाजनको कोशिष गर्ने तत्वहरु सपना विफल भएको छ ”।
अर्थमन्त्री पौडेलले चौतर्फी हमलाका बाजुद पनि सरकार आफ्नो मिसनमा अगाडि बढिरहेको पनि बताए ।

उनले शलाई अस्थिर बनाइ राख्ने तत्वहरुले सरकारलाई असफल बनाउन विभिन्न प्रयत्नहरु गरिरहेको उल्लेख गर्दै तर सरकारले यी सबै प्रयत्नलाई चिर्दै अगाडि बढिरहेको बताए । 

सरकार ढल्दैछ भनेर बारम्बार प्रचार गर्ने गरिएको, केही भएन भनेर नकारात्मक भाष्य सिर्जना गर्न खोजिएको र सिङ्गो समाजलाइ गलत दिशातर्फ धकेल्न सकिन्छ कि भनेर प्रयत्न गरिएको भन्दै अर्थमन्त्री पौडेलले भने, “यस्ता खाले सबै प्रयत्नलाई चिरेर सरकार मुलुकमा सुशासन, आर्थिक विकास र समृद्धिको सपना साकार पार्ने दिशामा अगाडि बढेको छ ।”
उहाँले काँग्रेस–एमाले गठबन्धन मुलुकमा सुशासन र स्थिरता दिनका लागि निर्माण गरिएको भन्दै आगामी ०८४ सम्मै यो गठबन्धन कायम रहने पनि बताउनुभयो । “बाहिर जसरी गठबन्धन भत्किंदैछ भनेर प्रचार गरिए पनि त्यसका कुनै सत्यता छैन, शान्ति, स्थिरता र सुशासनका लागि गठबन्धनको निर्माण भएको हो”–अर्थमन्त्री पौडेलले भन्नुभयो–“आगामी २०८४ सम्म यो गठबन्धन तलमाथि हुँदैन ।”
उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले बुधबारै रुपन्देहीको सैनामैनामा रहेको पर्रोहा परमेश्वर बोलबम धामको पनि अवलोकन गर्नुभएको छ । त्यस अवसरमा बोल्दै उहाँले बोलबम धामको विकासका लागि सरकारले विगतदेखि नै सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग जारी रहने बताउनुभयो ।