काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि संसदमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने भएका छन् । संसद् सचिवालयका अनुसार भोली दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिनेछन् ।
त्यस्तै बैठकमा राष्ट्रपति कार्यालयबाट मन्त्री पदमा नियुक्तसम्बन्धी पत्र सभामुखले वाचन गर्नेछन् ।
त्यस्तै, राष्ट्रियसभामा उत्पत्ति भएको पानी जहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१ माथि विचार गरियो भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।
प्रतिक्रिया