एमाले केन्द्रीय समितिको दोस्रो दिनको बैठक जारी

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समितिको दोस्रो दिनको बैठक जारी छ।

च्यासल, ललितपुर तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा उक्त बैठक बसिरहेको हो ।

हिजोको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्र चौतर्फी आक्रामण भएको र त्यसको डटेर सामना गर्नु पर्नेमा जोड गरेका थिए भने हिजोको बैठकमा उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रतिवेदन तथा महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेश गरेका थिए, जसमाथी छलफल जारी रहेको छ ।

हिजोका बैठकमा मधेस, गण्डक, समन्वय समिति अन्तर्गगतका ४९ जना केन्द्रिय सदस्यहरूले धारणा राखिसकेका छन् भने बाँकीले अहिले धारणा राखिरहेका छन । यस पछि पछि मंगलबार नै बैठक समापन गरिने जनाइएको छ। हरेक सदस्यलाइ बोल्न ३(३ महिनाको समय दिइएको छ । सचिवालय,स्थायी कमिटी र पोलिटव्यूरो बाहेक एमालेमा करिब २३० जना केन्द्रीय सदस्य रहेका छन् ।

मुख्यतयाः बिधान अधिवेसनको पुर्व तयारी तथा पुर्व राष्ट्रपति बिधादेवी भण्डारी पुनः एमालेको राजनीतिमा फर्कने बिषयमा यो केन्द्रीय समिति बैठकको मुख्य रूपमा केन्द्रित भइरहेको छ । यसअघि बसेको सचिवालय बैठकले मुख्यतयाः ७० बर्षे उमेर हद र एक ब्यक्ति २ कार्याकाल भन्दा बढी पदाधिकारीमा बस्न नपाइने भन्ने बिधानको ब्यवस्थालाई खारेज गरेको थियो, जसलाई पोलिटब्युरोलेसमेत अनुमोदन गरिसकेको छ ।

भदौको २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा एमालेको विधान महाधिवेशन आयोजना गरिएको छ, जसका लागि केन्द्रीय समितिको रायसहित सो बैठकमा प्रतिबेदन प्रस्तुत गरिनेछ । बैठक समापन पछि मंगलबार नै एमालले घोषणा पत्र जारी गर्ने पनि जनाएको छ।