टोकियो । जापानमा प्रधानमन्त्री शिगेरु इसिबाको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र उनका सहयोगीहरूले देशको माथिल्लो सदनमा आफ्नो बहुमत गुमाएका छन्।
बहुमत गुमाए पनि तर उनले प्रधानमन्त्री पदबाट राजीनामा नदिने प्रष्ट पारेका छन् ।
जापानी संसदको माथिल्लो सदनमा कुल २४८ सिट रहेका छन्। इशिबाको गठबन्धनसँग पहिले नै ७५ सिट थियो। बहुमत कायम राख्नका लागि यो निर्वाचनमा कम्तीमा ५० नयाँ सिट आवश्यक भए पनि ४७ सिट मात्रै पाउन सफल भए । जसमध्ये एलडीपीले मात्र ३९ सिट प्राप्त गरेको छ । एउटा सिटको नतिजा आउन बाँकी छ ।
यो पराजय प्रधानमन्त्री इसिबाका लागि दोस्रो ठूलो राजनीतिक असफलता हो । यसअघि अक्टोबरमा भएको तल्लो सदन निर्वाचनमा पराजय पछि यो गठबन्धन अहिले दुवै सदनमा अल्पमतमा पुगेको छ । एलडिपी १९५५ मा स्थापित भएको थियो र यो पहिलो पटक हो कि यसले दुबै सदनमा बहुमत गुमाएको छ।
प्रतिक्रिया