जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–२ जानकी टोलबाट जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् ।

सोही उपमहानगरपालिका–१ बस्ने ३० वर्षीय सुसन खाती सुनार समेत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५४ हजार ६ सय ८० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।