काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी र्शमा ओली र पूर्वराष्ट्रपति विद्या भण्डारीबीच आज भेट हुँदैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज दिउँसो ३ बजे उनीहरुबीच भेट हुने भएको हो ।
अध्यक्ष ओली र भण्डारीबीच आज भेटवार्ता हुने पूर्वराष्ट्रपति भण्डारीका स्वकीय राजकुमार राईले पुष्टि गरेका छन् । उनले ओली र भण्डारीबीच आज दिउँसो ३ बजे भेटवार्ता तय भएको बताए ।
बिहीबार र शुक्रबार चलेको पोलिटब्युरो बैठकमा भण्डारीको राजनीतिमा आगमनबारे विवाद देखिएको छ । उक्त समाधान गर्न अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारी भेट गर्न धेरैजसो पोलिटब्यूरो सदस्यहरुले सुझाव दिएका थिए ।
उक्त सुझावपछि ओली र भण्डारीबीच आज भेट हुन लागेको एक नेताले बताए । केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा उनीहरूबीच छलफल हुन लागेको हो । एमाले केन्द्रीय कमिटीको बैठक भोलि सोमबार बस्दैछ ।
आजको भेटपछि भण्डारीलाई पार्टीमा दिइने जिम्मेवारी र उनको सद
प्रतिक्रिया