प्रधानमन्त्री ओली भारत भ्रमणमा जाँदै

काठमाडौं । भारतीय समकक्षी नरेन्द्र माेदीकाे निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीको औपचारिक निमन्त्रणामा भदौ अन्तिम साता भारत भ्रमणमा जान लागेका हुन्।

ओली प्रधानमन्त्री बनेको एक वर्षपछि भारतले औपचारिकरूपमा रातो कार्पेट बिछ्याउन लागेको हो ।

ओली आगामी सेप्टेम्बर १६ मा दिल्ली जाने तय भएको छ

ओली प्रधानमन्त्री भएयता दुई देशका प्रधानमन्त्रीबीच न्यूयोर्क र बैंककमा साइडलाइन भेटवार्ता भए पनि दुवै प्रधानमन्त्रीले एक अर्का देशको भ्रमण गरेका छैनन् ।

ओलीको निमन्त्रणमा मोदीले पनि आगामी अक्टोबर वा नोभेम्बर पहिलो साता नेपाल भ्रमण गर्ने भारतीय मिडिया रिपोर्टमा उल्लेख छ ।