२० वर्षसम्म काेमामा रहेका राजकुमारकाे निधन

एजेन्सी । साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल साउदको निधन भएको छ । दुई दशकसम्म कोमामा रहेका उनको शनिबार निधन भएको हो । लामो समयसम्म कोमामा रहेका कारण उनी ‘स्लिपिङ प्रिन्स’ नामले परिचित थिए ।

सन् २००५ मा १५ वर्षको छँदा बेलायतको लन्डनमा सैनिक तालिम लिइरहेका बेला कार दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई २० वर्षसम्म कोमामा राखिएको थियो । उक्त दुर्घटनाबाट मस्तिष्कमा गम्भीर चोट लागेर आन्तरिक रक्तस्राव भएपछि उनी कोमामा गएका थिए ।

राजकुमार वालिद अचेत अवस्थामा रहे पनि कहिलेकाहीँ हुने अनियन्त्रित शरीरका हल्का गतिविधिले केही आशा भने दिलाउँथ्यो । जसकारण ईश्वरीय चमत्कारप्रति विश्वास पिता राजकुमार खालिदले छोरा निको हुने आशा कहिल्यै छोडेनन् ।