नेकपा एसमा समाहित भए वामदेब, यस्ताे देखियाे दृष्य

काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबिच एकता भएको छ । आज राष्ट्रिय सभागृहमा भएको समारोह गरी दुई पार्टीबिच एकता भएको घोषणा भएको हो । 

शुक्रवार राष्ट्रिय सभागृहमा एक कार्यक्रमको आयोजना गरी दुई पार्टीबिच एकताको घोषणा गरिएको हो ।

दुई पार्टीका अध्यक्षहरू माधवकुमार नेपाल र वामदेव गौतमबीच गत शक्रबार पार्टी एकता गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको थियो । एकीकृत समाजवादीमा गौतमलाई वरिष्ठ नेताको जिम्मेवारी दिने त्यतिबेलै सहमति भएको थियो । सोहीअनुसार आज सभागृहमा एकता घोषणा भएको हो ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, सोही पार्टीका सम्मानित नेता झलनाथ खनाल र नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमसहित दुवै पार्टीमा आबद्ध नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।