काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जारी रहेकाे छ।
च्यासलस्थित, नेकपा एमालेको केन्द्रिय कार्यालयमा उक्त बैठक बसिरहेकाे हाे ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भदौ २० देखि २२ गतेसम्म आयोजना गरिने विधान महाधिवेशनको प्रारम्भिक तयारीका विषयमा छलफल गर्नका लागि आज बैठक बसिरहेकाे हाे । सो बैठकमा विधान मस्यौदामाथि प्रारम्भिक छलफल हुनेछ।
प्रमुख नेतृत्वमा ७० वर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकालको व्यवस्था राख्ने वा हटाउने भन्नेबारे पार्टीभित्र फरक फरक मत प्रकट भइरहेको बेला यो सचिवालय बैठक बसेकाे हाे ।
प्रतिक्रिया