काठमाडौं । नेपाल मेगा कलेज ‘बेष्ट प्लस टु अवार्ड’बाट सम्मानित भएको छ । बबरमहलमा अवस्थित कलेजलाई केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि.ले ललितपुरमा आयोजना गरेको ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ मार्फत ‘बेष्ट प्लस टु अवार्ड’ बाट सम्मानित गरेको हो ।
विद्यार्थीको चाहना, समाजको सपना र मुलुकको आवश्यकता पूरा गर्न निरन्तर लागि परिरहेको शैक्षिक संस्था हो, नेपाल मेगा कलेज । सन् २०११ देखि सञ्चालनमा आएको यो कलेजले छोटो समयमै आफूलाई अब्बल सावित गर्न सफल भएको छ ।
नर्सरीदेखि स्नातकोत्तरसम्मको अध्यापन हुने मेगा कलेजमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानून संकायमा अध्ययन गर्न पाइन्छ । विज्ञ र दक्ष अध्यापकहरूको टिम रहेको यस कलेजले विद्यार्थीको रुचि र क्षमता अनुसार उनीहरूले कस्तो करियर बनाउन खोजका छन् ? कसरी उनीहरूले आफ्नो ज्ञानलाई व्यवहारिक र जीवन सदुपयोग गर्न सक्छन् ? सोही अनुरूपको सिकाई पद्धति नेपाल मेगा कलेजले अपनाउँदै आएको छ ।
प्रतिक्रिया