काठमाडौं । घुसकाण्डमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई प्रधानमन्त्री ओलीले बालुवाटार बोलाएका छन् । प्रधानमन्त्री ओलीले बोलाएपछि यतिखेर मन्त्री गुप्ता बालुवाटार पुगिसकेका छन् ।
मन्त्री गुप्तासँग छलफलका लागि प्रधानमन्त्री ओलीले बोलाएको सचवालयले जनाएको छ । गुप्ताले भूमि आयोग बनाउन विचौलियासँग गरेको संवाद बाहिरिएसँगै उनलाई हटाउनुपर्ने चौतर्फी दबाब सिर्जना भएको छ ।
कास्कीस्थित मालपोत कार्यालयका प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख मागेको घुस संवाद बाहिरिएको थियो ।
प्रतिक्रिया