जनकपुरधाम । आफैले पढाएको विद्यार्थीको जन्मदनिको दिन मेरी जान भन्दै म्यासेज पठाउने शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।
रौतहटको गरुडा नगरपालिका–९ स्थित माध्यमिक विद्यालय गम्हरिया श्रीपुरका छात्रालाई अशिष्ट सन्देश पठाएको आरोप लागेका शिक्षक रविन्द्रप्रसाद साह पक्राउ गरिएको हो ।
शिक्षक साहले हालै एसईई उत्तीर्ण एक छात्रालाई ‘ह्याप्पी बर्थ डे मेरी जान’ लेखेर म्यासेज पठाएका थिए । छात्राले म्यासेजबारे परिवारलाई सुनाएपछि आफन्तले विद्यालय पुगेर तोडफोड र शिक्षक साहमाथि कुटपिट गरेका थिए।
विद्यालयमा अवस्था तनावग्रस्त बनेपछि इलाका प्रहरी कार्यालय गरुडाको टोली पुगी अश्रुग्यास हानेर स्थिति नियन्त्रणमा लिनुका साथै शिक्षक साहलाई समेत पक्राउ गरेको जनाएको छ ।
तोडफोड र प्रदर्शनका कारण विद्यालयमा पढाइ ठप्प भएको छ । शिक्षक साहमाथि कडा कारबाही हुनुपर्ने आफन्तले माग गरेका छन् ।
प्रहरीले यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया