जबरजस्ती बलात्कार गरेको अभियोगमा पक्राउ

दाङ । ३३ वर्षीया महिलालाई जबरजस्ती बलात्कार गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका(७ भुह्यारथान डेरा गरी बस्ने रूकुम पश्चिम चौरजहारी नगरपालिका– ११ घर भएका ३५ वर्षीय बिर बहादुर वलीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बिर बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।