बैतडीमा जीप दुर्घटना हुदाँ २ को मृत्यु, ६ घाइते

बैतडी। बैतडीको पाटन नगरपालिका–६ स्थित खिपालीमा जिप दुर्घटना भएको छ ।

सो दुर्घटनामा परी चालकसहित दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका सुचना अधिकारी बलराम पाण्डेका अनुसार सो दुर्घटनामा परी मृत्युु हुनेमा अन्दाजी २४ बर्षका जिप चालक सन्तोष बोहरा र ३२ वर्षीया किरण बोहरा रहेका छन ।

धनगढीबाट दार्चुलाको गन्ना जाँदै गरेको सुप प्र ०४–००१ ज १३७२ नम्बरको जिप शनिवार बिहान करिब ५ः३० बजे खिपालीमा सडकबाट चिप्लिएर भिरमा खसेको थियो ।

दुर्घटनामा डिलासैनी गाउँपालिका निवासी २५ वर्षीय हेमन्त प्रसाद भट्ट,  ५२ वर्षीया कुल्मा धामी, २७ वर्षीय राजेन्द्र खत्री, २१ वर्षीया भागरथी खत्री, उनकी २ वर्षीया छोरी एलिसा खत्री, ३९ वर्षीय रामकुमार राना घाइते भएका छन् ।

घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा प्राथमिक उपचार गराइएको छ भने गम्भीर घाइतेहरूलाई थप उपचारका लागि अन्यत्र रेफर गर्ने तयारी भइरहेको जनाइएको छ ।