काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहसँग सम्बन्धित सूचना तथा विज्ञप्तिहरू गैरकानुनी रुपमा ‘श्री ५’ को नाममा निकाल्दै आएका फणिराज पाठक रिहा भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले अबउप्राप्त ‘श्री ५ महाराजधिराज’ भनेर सूचना तथा विज्ञप्ति जारी नगर्ने भनेर कागज गरी उनलाई परिवारको जिम्मामा छोडेको बताए ।
पूर्वराजाको संवाद सचिवको रुपमा कार्यरत उनलाई यही प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौँले सोधपुछका लागि बोलाएको थियो ।
जसअनसुसार आज प्रहरीमा उपस्थित भएका उनलाई साँझ प्रक्रिया पूरा गरेर छाडिएको हो ।
प्रतिक्रिया