काठमाडौ ।नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम नेकपा एकीकृत समाजावादी पार्टीमा समाहित हुने भएका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र गौतमबीच पार्टी एकता गर्ने सहमति भएको हो ।
आउँदो साउन २ गते राष्ट्रियसभा गृहमा एक समारोहबीच एकताको घोषणा गर्ने सहमति भएको दुई नेताद्वारा हस्ताक्षरित सहमति पत्रमा उल्लेख छ ।
यसअघि अध्यक्ष नेपाल र गौतमबीच पटकपटक एकताका लागि छलफल भएको थियो । तर, एकता गर्नेबारे निचोड निस्केको थिएन । अहिले आएर राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम रणनीति र कार्यदिशामा एकरुपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नुपर्ने आजको आवश्यकतालाई औँल्याउँदै एकता गर्ने सहमति भएको सहमति पत्रमा उल्लेख छ ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकता सर्वोच्च अदालतले भंग गरेपछि नेता गौतम कतै पनि नलागी नेकपा एकता राष्ट्रिय अभियान चलाएका थिए । त्यसपछि सुरुमा नेकपा एमालेमा जान खोजेको भएपनि अध्यक्ष केपी शर्मा ओलीको अनिच्छाका कारण रोकिएका थिए । अहिले आएर नेता गौतम माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग एकता गर्ने निर्णयमा पुगेका हुन् ।

प्रतिक्रिया