बाहुबलीको दुवै भाग अब एक फ्रेममा आउने, ३१ अक्टोबरमा रि-रिलिज

हैदराबाद। एक दशकअघि २०१५ मा जुलाई १० मा निर्देशक एसएस राजामौलीको एपिक एक्सन ड्रामा बाहुबलीः द बिगिनिङ रिलिज भएको थियो । 

पान इन्डिया सुपरस्टार प्रभास अभिनीत सो फिल्म विश्वभरका थिएटरहरूमा रिलिज भएको थियो र यसले भारतीय सिनेमालाई नै नयाँ दिशा कोराउन सफल समेत भएको थियो ।

त्यो बेला बाहुबलीले विश्वभरीवाट करिब ६५० करोड कमाएको थियो र त्यस समयमा आमिर खानको ‘पीके’ (७९२ करोड) पछि दोस्रो सबैभन्दा धेरै कमाउने भारतीय चलचित्रसमेत थियो।

त्यसको २  वर्ष पछि दोस्रो भागको रूपमा बाहुबलीः द कन्क्लुजन अप्रिल २०१७ मा रिलीज भएको थियो तर पहिलो भाग भन्दा दोस्रो भाग धेरै ठूलो मात्रामा ब्लकबस्टर हुन पुग्यो । दोस्रो भागले विश्वव्यापी रूपमा लगभग १८०० करोड कमाएको थियो ।

तर, २०१६ मा रिलिज भएको आमिर खानको ‘दंगल’  २०७० करोड कमाउन सफल भयो । त्यो बेला पनि बाहुबलीको यो समयमा दोस्रो सबैभन्दा ठूलो कमाई गर्ने फिल्मको रूपमा रहन पुग्यो ।

अब, पहिलो फिल्मको १० वर्ष पछि दुवै चलचित्रहरू एउटै एपिक कटमा ठूलो पर्दामा फर्किने भएको छ । यस वर्षको सुरुमा निर्माताहरूले बाहुबलीलाई पुनः रिलिज गर्ने घोषणा गरे पनि मिति भने तय गरेका थिएनन । 

तर, अहिले थप विवरणहरू साझा गर्दै यो पुष्टि गरिएको छ कि ‘बाहुबलीः द बिगिनिङ’ र ‘बाहुबलीः द कन्क्लुजन’ दुवै एउटै फिल्मको रूपमा पुनः रिलिज हुनेछ, जसको शीर्षक ‘बाहुबलीः द एपिक’ को रूपमा आउनेछ । 

र, यस वर्ष अक्टोबर ३१ मा विश्वव्यापी रूपमा तेलुगु, हिन्दी, तमिल, मलालम भाषाहरूमा रिलिज हुनेछ  ।

र, यो सम्भवतः पहिलो पटक हो कि चलचित्रको दुबै भाग एकल कटको रूपमा पुनः रिलिज हुन गइरहेको छ । र, प्रशंसकहरू यो कसरी काम सम्भव होला त हेर्न उत्साहित रहेका छन्। 

मिडिया वर्क्सले निर्माण गरेको यस फिल्ममा प्रभाससँगै राणा दग्गुबाती, अनुष्का, तमन्ना भाटिया, राम्या कृष्णन, सत्यराज र नस्सरको पनि प्रमुख भूमिका रहेको छ ।