प्रख्यात अभिनेत्री मनिषा काेइरालाले गरिन रविकाे पक्षमा हस्ताक्षर

काठमाडौं । प्रख्यात अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको ‘न्यायका लागि’ हस्ताक्षर गरेकी छन् ।

आज अभिनेत्री कोइराला रास्वपाका सभापति लामिछानेको न्यायका लागि भन्दै चलाइएको अभियानमा हस्ताक्षर गर्न वनस्थली पुगेकी हुन् । मनिषाले वनस्थलीस्थित रास्वपा कार्यालयमै पुगेर हस्ताक्षर गरेकी हुन् ।

हस्ताक्षर लगत्तै उनलाई सञ्चारकर्मीले घेरेका थिए । संक्षिप्त प्रतिक्रिया दिँदै मनिषाले राज्यबाट रविमाथि अन्याय र दुर्व्यवहार भइरहेको बताइन् । उनले भनिन्, ‘म कुनै पार्टीमा आवद्ध छैन, आम नागरिकको नाताले राज्यबाट भइरहेको अन्यायको विरोधमा आवाज उठाउन आएको हो । त्यति मात्र भन्नु छ ।’ रविजीलाई अन्याय भएको तपाईको ठम्याइ हो ? भन्ने प्रश्नमा उनले जवाफ दिइन्, ‘डेफिनेट्ली ।’