काठमाडौं । बाढी आउँदा राप्ती नदिमा फसेका तीन जनाको सकुशल उद्धार गरिएको छ । सशस्त्र प्रहरीले नदीमा फसेका ५२ वर्षीय मानसिंह धामी, ६९ वर्षीय लीलबहादुर खत्री र ५० वर्षीय ससु वलीको सकुशल उद्धार गरेको हो ।
हिजाे बाँकेको राप्तीसोनारी गाउँपालिका–५ गोरधुईस्थित गाईवस्तु चराउन गएका उनीहरु एक्कासी बाढी आउँदा नदीको बीच टापुमा फसेका थिए ।
उनीहरू फसेको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ शंम्शेरगंज बाँकेबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले उनीहरुकाे उद्धार गरेको हो ।
प्रतिक्रिया