काठमाडौं । गैरकानुनी रुपमा बसाेबास गरेकाे भन्दै अमेरिकाले थप दुई नेपालीलाई निष्काशन गरेको छ । उनीहरुलाई अमेरिकी अध्यागमनले निष्काशन गरेको हो । निष्काशन गरिनेमा रेशमबहादुर केसी र गविन्दराज वली रहेका छन् । उनीहरूलाई कतार एयरायन्सको विमानबाट नेपाल फर्काइएको हो । स्रोतका अनुसार वलीलाई बुधबार र केसीलाई गत २१ गते काठमाडौं फर्काइएको थियो । अघिल्लो हप्ता मात्रै तीन जना नेपालीलाई अमेरिकाले निष्काशन गरेको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रावसन नीतिमा कडाइ गरेसँगै गैरकानुनी रूपमा बसोबास गर्ने नेपालीहरू धमाधम निष्कासनमा पर्दै आएका छन् ।
अमेरिकाले यसअघि पनि पटक–पटक नेपालीहरूलाई निष्काशन गरी नेपाल फर्काएको छ । केहीलाई त चार्टर्ड विमानमार्फत पनि नेपाल फर्काइएको छ ।
प्रतिक्रिया