त्रिशूली नदीमा दुई शव भेटियाे

काठमाडौं ।धादिङको त्रिशूली नदीमा दुई जनाको शव भेटिएको छ। 

गल्छी गाउँपालिका-२ केउरेनीटार र गजुरी गाउँपालिका-६ बेल्खुमा  पुरूषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सुवास हमालले जानकारी दिए ।

‘दुइटा शव भेटिएको छ। अनुसन्धान भइरहेको छ,’ उनले भने। 

बेल्खुमा भेटिएका शव अन्दाजी ३५/३६ वर्षका पुरुषको छ। केउरेनीटारमा भेटिएका शव पनि अन्दाजी ३५/४० वर्षको पुरूषको छ। 

शव रसुवाबाट बगाएर ल्याएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।