बाढी अपडेट: कन्टेनरसँगै गाडीहरु बगायाे

काठमाडौं । छिमेकी चीनतर्फ अविरल वर्षापछिको आएकाे बाढीले गोसाइँकुण्ड गाउँपालिका–२ स्थित रसुवागढीको मितेरीपुलमा क्षति पुगेको छ । सोही वडाको टिमुरेस्थित भन्सार यार्डमा समेत बाढी पस्दा त्यहाँ रहेका केही मालवाहक कन्टेनरहरू बगाएको प्राधिकरणले जनाएको छ। यस्तै त्यहा भन्सार पास भएर राेकिराखेकाे ईभी गाडीहरु पनि बगाएकाे प्रहरीले जनाएकाे छ।

हालसम्म कुनै मानवीय क्षति नदेखिएको भए पनि नदीमा पानीको बहाव अझै उच्च रहेकोले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई विशेष सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ।

प्राधिकरणले स्थानीय प्रशासन, सुरक्षा निकायहरू तथा सरोकारवाला निकायलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा रहन पनि अनुरोध गरेको छ।