काठमाडौं । बाढीले नेपाल चीन जाेड्ने मितेरी पुल बगाएको छ । भोटेकोशी नदीमा एक्कासी ठूलो बाढी आएसँगै उक्त पुल बगाएकाे हो ।
तिब्बतबाट बग्दै आएको नदीमा आएको बाढीले नेपाल–चीन नाका तिब्बत जोड्ने मितेरी पुल बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाका सई ज्योतिराम बीसीले जानकारी गराए । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले पनि गए रातिको बाढीले पुल बगाएको पुष्टि गरेका छन् । यससँगै रसुवा हुँदै चीनसम्मको मार्ग बिच्छेद भएको छ ।
यस्तै भन्सारको यार्ड (ड्राइपोट) मा रहेका १०० देखि १५० वटा गाडीमध्ये अधिकांश बाढीले बगाएको जानकारी आएको समेत उनले मंगलबार बिहान बताएका छन् । उनले ड्राइपोटमा काम गर्ने केही चालक, मजदुरलाई पनि बाढीले बगाएको हुनसक्ने भन्दै जानकारी आएको भए पनि हालसम्म पुष्टि भने हुन नसकेको बताए । उनले समग्रमा क्षति ठूलो भएको भन्दै घटनास्थलमा पुगेर क्षतिको थप विवरण र सूचना संकलन गर्ने काम भइरहेको बताए ।
नाकामा अहिले सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी पौडेलले बगाएको गाडीमा मान्छे पनि रहेको हुन सक्ने बता ए। उनले उद्धारका लागि हेलिकोप्टरसँग समन्वय भइरहेको र खराब मौसमको कारण समस्या भएको बताए ।”
प्रतिक्रिया